ReplyForward |
सोमबार दिउँसो उनी अचानक बिरामीले च्यापिएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो। मृत्युपछि आएको उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।
परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए ।