कपिलवस्तु भदौ। कोरोना संक्रमणबाट मुलुकमा पत्रकारको पहिलोपटक मृत्यु भएको छ । मृगौला र मधुमेहका बिरामी रहेका ६२ वर्षीय पत्रकारको मृत्यु भएको हो । सोमबार दिउँसो उनी अचानक बिरामीले च्यापिएपछि उपचारका लागि तौलिहवास्थित जिल्ला अस्पताल लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । भदौ ८ गते उनको परिवारका एक जना सदस्यलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । ११ गते परिवारका ८ जनाको स्वाब संकलन गरिएको थियो। मृत्युपछि आएको उनको रिपोर्टमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । परिवारका अन्य सदस्यको भने रिपोर्ट आएको छैन । उनी दुई दशकदेखि पत्रकारितामा क्रियाशील थिए । ReplyForward |
कोरोना बाट पहिलो पटक पत्रकारको मृत्यु।
प्रतिक्रिया