रमा बुढा मगर———–
तुलसिपुर भदौ २०, मेयर घनश्याम पाण्डे ले आ,व २०७७/०७८ को निति तथा कार्यक्रममा समृद्द तुलसिपुर, सुखी नगरवासि को नारा दिएका छन! कागजमा लेखिएको नारा लाई हेर्ने हो भने अचम्म सुन्दर तरिका ले लिपिवद्द गरिएको भए पनि उनकै उम नपा को एउटा ठाँउमा यस्तो जोखिमपुर्ण पुल पनि छ! २०५७ सालमा तत्कालिन बिद्रोही माओवादिले बनाएको यो पुलले २१ वर्ष पुग्दा सम्म मर्मत पनि पाएको छैन! तुलसिपुर ३ र तुलसिपुर १ जोडने ठाँटिगाँउमा रहेको यो काठे पुल हाल अचम्म जिर्ण अवश्थामा छ! वर्षायाममा बाढी आउदा ठाँटिगाउ खोला तर्ने यो एक मात्र साधन हो! पुल बनाउदा दायाँ बायाँ काठकै छेकबार् पनि बनाइएको थियो तर लामो समय सम्म मर्मत नहुदा दायाँ बायाँ का छेकबार सबै कुहिएर गए स्थानिय इन्द्र बहादुर बुढा ले भने! पुलको दायाँ बायाँ छेकबार पनि छैन अलि मोटो मान्छे हिडदा पुल लकलकी हल्लिन्छ बुढा ले भने! दायाँ बायाँ छेकबार नहुदा अहिले सम्म एक बालिका सहित दुई जना यो पुल बाट खसेर घाइते भइ सकेका छन! स्थानिय जनताको माग सम्बोधन गर्दै तत्कालिन बिद्रोही माओवादीका जिल्ला सेक्रेटरी नेप बहादुर के सि विवेक को आदेश पछि यो पुल बनाइएको थियो! नेप बहादुर के सि हालको नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेत्री जयपुरि घर्ती का पति हुन! अहिले जयपुरी घर्ती ठुलै शक्तिमा छिन भन्ने सुन्छु तर यो पुल ले शक्ति पाएन एक स्थानियले भने! खोला बढेको बेला मान्छे लालाबाला लाई खोलो तार्ने यै पुल हो कुन दिन पुल भाँच्चिएर ठूलो क्षति हुने हो भन्ने डर लाग्छ हरियाली टोल बिकास संस्था का अध्यक्ष लोक बहादुर के सि ले राप्ती पहिचान लाई भने! उम नपा ले एक वर्षमा ६० किलो मिटर मोटर बाटो पिच गर्ने कागजी योजना ल्याउछ तर यो खोलामा पुल बनाउन कसैको ध्यान गएन के सि ले भने! चुनाव ताका प्रचारमा आएका हालका माननीय हिराचन्द्र के सि ले पनि आफुले चुनाव जिते पुल बनाइदिने आवश्वासन दिएका थिए चुनाव जिते पछी न उनी यहाँ आए न पुल नै बनाए स्थानिय केश बहादुर थापा ले भने! हिराचन्द्र ले अहिल्यै बन्छ, आजै बन्छ् जस्तो गरि कुरा गरेका हुन तर पुल नबन्दा कम्युनिस्ट नेता हरुले साँचो भन्दा झुटो कुरा बढी गर्दा रहिछन जस्तो लाग्यो थापाले अगाडि भने! मेयर घनश्याम पाण्डेलाइ म तपाइको मिडिया मार्फत खबर पठाउन चाहन्छु समृद्द तुलसिपुर, सुखी नगरवासी लेखेको तपाईं को नारा कता छ? एक पटक ठाँटिगाउ पुलमा आएर उब्भिदेयोस स्थानिय बलबिर थापा ले आक्रोश पोख्दै भने!