सल्यानका एक ब्यक्तिमा कोरोना संक्रमण देखिएपछी सल्यानको छत्रेश्वरि गाउँपालिकाको ५ नम्बर वडा सिल गरिएको छ। गत १५ गते स्वाब संकलन गरि परिक्षण गरिएका ६१ वटा नमुना मध्य शुक्रवार ३३ वर्षिय एकजना पुुुुरुषलाई कोरोना संक्रमण पुष्टि भएको थियो।
समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि वडानै सिल गरिएको गाउँपालिका अध्यक्ष सन्तोष केसिले बताएका छन। अहिले संक्रमीत ब्यक्तीलाई भोटेचौरको आईसोलेसनमा राखिएको उनले बताए। संक्रमीत ब्यक्तीको सम्पर्कमा आएका ब्यक्ती हरुको खोजिकार्य सुरु भएको र संक्रमीत ती ब्यक्तीको स्वास्थ्य अबस्था भने सामान्य रहेको अध्यक्ष केसिले बताएका छन।
छत्रेश्वरि गाउँपालिका स्तरिय कोरोना संकट ब्यबस्थापन समितिको निर्णय अनुसार संक्रमक रोग ऐन २०२० को दफा २ समेतको ब्यबस्थालाई मध्यनजर गर्दै ५ नम्बर वडा अन्तरगतका सम्पुर्ण क्षेत्रहरुमा आबस्यक सेवा र साधनहरु बाहेक सम्पुर्ण सवारी साधन, पसल ब्यबसाय संचालन गर्न तथा हिडडुलमा समेत शनिबार बिहान ५ बजेदेखि २७ गते राती १२ बजेसम्मका लागि पुर्णरुपमा वडा सिल गरिएको बताएको छ।
वडानै सिल गरियको अबस्थामा अबज्ञा गर्ने वा बाधा पुर्याउने जो कोहिलाई संक्रामक रोग ऐन तथा अन्य प्रचलित कानुन अनुसार कारबाही गरिने गाउँपालिका अध्यक्ष केसिले बताएका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्याउन स्थानियलाई अध्यक्ष केसिले अनुरोध गरेका छ्न। भने कपुरकोट गाँउपलिका पनि सिल गरिएको छ।।
ReplyForward |