बुटवलको कोरोना अस्पतालको भेन्टिलेटरमा रहेका दुई जनाको मृत्यु।

बुटवल उपमहानगर पालिका वडा नं११ का ४० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालमा गएराति ११ बजे उनको मृत्यु भएको हो । 
ज्वरो आएपछि जाँचका लागि भदौ १५ गते अस्पताल पुगेका थिए । उनको इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर जाँच गर्दा पोजिटिभ आएको र अवस्था गम्भीर बन्दैगएपछि ४ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका थिए । 
यस्तै नवलपरासी–२ प्रतापपुरकी ३७ वर्षीया कोरोना संक्रमित महिलाको पनि सोही अस्पतालमा मृत्यु भएको छ । उनी भदौ १७ गते अस्पतालमा भर्ना भएकी थिइन् । स्वाब लिएर पीसीआर परीक्षण गर्दा पोजिटिभ आएको थियो । 
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई पनि भेन्टिलेटरमा उपचार गर्दागर्दै आजबिहान मृत्यु भएको अस्पताला फोकल पर्सन सुदर्शन थापाले बताए । अहिले यही अस्पतालको आईसियूमा १४ र भेन्टिलेटरमा २ जनाको उपचार भइरहेको जनाइएको छ ।

ReplyForward
प्रतिक्रिया