१६ लाख बढी रकम संचार गृह लाई,

रमा बुढा मगर———

तुलसिपुर भदौ १८, तुलसिपुर उप मनपा बाट आ, व २०७६/०७७ मा लाखौ रुपैयाँ संचार गृह लाई भुक्तानी दिइएको खुल्न आएको छ! उप मनपा को चालू खर्च फाँटवारी बाट यस्तो कुरा खुल्न आएको हो! शुचना छपाइ खर्च शीर्षक दिइएको खर्च फाँटवारि को खर्च संकेत नमबर २२३१५ बाट १६ लाख ९० हजार रुपैयाँ भुक्तानी भइ गएको देखिएको हो! उप मनपा को खर्च संकेत नम्बर २२३१५ बाट तीन पटक रकम भुक्तानी भएको पाइएको छ! जसमा पहिलो पटक ६ लाख ३० हजार, दोस्रो पटक ९ लाख ५८ हजार र तेस्रो पटक १ लाख २ हजार गरि जम्मा १६ लाख ९० हजार रुपैयाँ भुक्तानी दिइएको छ! भुक्तानी भइ गएको रकम कुन कुन संचारगृहमा गएको हो भन्ने प्रश्न मा उप मनपा का मेयर घनश्याम पान्डे का प्रेस सल्लाहकार वसन्त आचार्य ले आफू लाई थाहा नभएको कुरा बताए! १७ लाख रुपैयाँ सानो रकम होइन यो रकम बाट कुनै खोलानाला मा पुल बन्न सक्थ्यो तर यति ठूलो रकम शुचना मा खर्च गरे छन दुख लाग्यो एक नगरवासी ले दुखेसो पोखे! उप मनपा का कैयन गाउँ बस्ती हरुमा बाटोघाटो छैन , कैयन गाउँ बस्ती सम्म बिजुली पुगेको छैन , बिरामी भए डोकोमा बोकेर अस्पत्ताल ल्याउनु पर्छ तर शुचना खर्च १७ लाख गरेछ्न यो सरासर मनमानी हो अर्का नगरवासिले भने! यो भन्दा अघिल्लो वर्ष पनि यसै गरि संचारगृह हरुलाइ प्रती गृह ५० हजार देखि १ लाख १५ हजार सम्म अनुदान शिर्षकमा रकम बाँडिएको थियो! खासमा उप मनपा बिरुद्द शमाचार संप्रेसन नहोस भन्ने हेतुले यस्ता रकम बाँडिने गरेको पाइएको छ! तुलसिपुर उप मनपा ले कुन कुन संचार गृह लाई कति रकम दियो भन्ने नखुले पनि रकम भुक्तानी भएको कुरा लेखा शाखा को अभिलेखले प्रस्ट देखाउछ!

प्रतिक्रिया