
रमा बुढा मगर —-=-
एकसाता दाङ्ग लाई लकडाउन गर्ने निर्णय भए सङ्गै दाङ्गका शहर हरु सुनसान बनेका छन! कोरोना भाइरस को संक्रमण दाङ्गका पालिका हरुमा समुदाय स्तरमा भेटिए पछि दाङ्ग लाई साताब्यापी लकडाउनको घोषणा गरिएको हो! लकडाउनको घोषणा सङ्गै दाङ्ग का तीन मुख्य शहर तुलसिपुर, घोराही र लमही सुनसान बनेका छन! यो भन्दा अगाडि नेपाल सरकार ले घोषणा गरेको लकडाउनलाइ कार्यन्वयन गराउन हम्मे हम्मे भएको स्थानिय प्रशासन लाई यो पट्क को दाङ्ग लकडाउन लाई कार्यन्वयन गराउन भने सजिलो भएको तुलसिपुर को वि पि चौकमा ड्युटिमा रहेका एक शसस्त्र प्रहरी का जवान ले भने! नागरिक हरु सजग भएका छन भने भयभित पनि भएका छन त्यसैले सडकमा निस्केका छैनन उनले भने! यसै गरि नारायणपुर घोराही बजार पनि सुनसान भएको छ त्यहाँ बाट शमाचारदाता रुकमिना बुढा मगर ले बताइन! यस्तै दाङ्ग को लमही बजार पनि सुनसान रहेको छ सडकमा सुरक्षाकर्मि हरु मात्रै देखिन्छन त्यहाँ बाट हाम्रा शमाचारदाता ले खबर पठाएका छन! यस्तै पश्चिम दाङ्गको मुख्य शहरको रुपमा रहेको हापुरे बजार पनि सुनसान छ कुनै पसल खुलेका छैनन सुरक्षाकर्मी हरु अलर्ट देखिन्छन हाम्रा शमाचारदाता वीर बहादुर बि क ले खबर पठाएका छन! पछिल्लो समय क्वारेन्टाइन विस्थापित गर्दै गएको तुलसिपुर उप मनपा को स्वाश्थ्य महाशाखा ले फेरि क्वारेन्टाइन ब्यबश्था गरि रहेको महाशाखा का कोरोना फोकलपर्सन बिमल के सि ले बताए! उपमहानगरको बालापुर र तुलसिपुर बजार क्षेत्रको राप्ती लाइफकेयर अस्पत्ताल मा क्वारेन्टाइन र आइसोलेसन निर्माण लाई ब्यबश्थित गर्दै छौं उनले भने! तुलसिपुर् क्षेत्र मा संक्रमण भेटिएका ठाउँ हरुमा गएर ४८४ जना को स्वाव संकलन गरेका छौ त्यसको रिपोर्ट आए पछि थप योजनबद्द भएर अघि बढ्छौँ उनले भने!यो भन्दा अघि संकलन गरि पठाएको स्वावको रिपोर्ट पनि आइ सकेको छैन हामिले भेरी अंचल अस्पतात्ताल नेपाल गन्ज र राप्ती स्वाश्थ्य बिज्ञान प्रतिस्ठान मा ती नमुना पठाएका हौँ उनले भने!