तुलसिपुर भदौ १५, गएराती १२ बजे देखि लागू हुने गरी दाङ्ग जिल्ला लाई पुर्ण रुपमा लकडाउन गर्ने निर्णय भए सङ्गै दाङ्ग का मुख्य शहर हरु सुनसान देखिएका छन! कोरोना भाइरसको संक्रमण समुदायमा देखिए पछि रोकथाम नियन्त्रन गर्न यस्तो गरिएको हो! बजार सुनसान छन लकडाउन लाइ कडाइ का साथ लागू गराउन शसत्र प्रहरी र नेपाल प्रहरी अग्रमोर्चामा खटिएका छन हाम्रा शमाचारदाता रमा बुढा मगर ले तुलसिपुर बाट बताइन! तुलसिपुर का गुम्राह चौक, बाहिनी चौक, वि पि चौक, बिरेन्द्र चौक, घोराही सल्यान रोड मा आम मानिस देखिदैनन सुरक्षा कर्मी मात्रै परिचालन गरिएका छन बुढा ले अगाडि भनिन! त्यस्तै नारायणपुर घोराही बजार पनि पुर्ण रुपमा बन्द छन, सुनसान छन सुरक्षा कर्मी व्यापक रुपमा परिचालन गरिएको छ हाम्रा घोराही शमाचारदाता रुकमिना बुढा ले बताइन! घोराही क्षेत्रमा पनि समुदाय स्तरमा कोरोना संक्रमित भेटिए पछि गरिएको साता ब्यापी लकडाउन को आज पहिलो दिन घोराही क्षेत्रका सम्पुर्ण सरकारी कार्यालय लगायत वित्तिय संस्था र बजार सम्पुर्ण बन्द छ्न बुढा ले अगाडि भनिन! यसै गरि पश्चिम दाङ्गको हापुरे बजारमा पनि आम मानिस हरुको चहलपहल सुन्य जस्तै देखिएको हाम्रा शमाचारदाता वीर बहादुर वि क ले हापुरे बाट बताए! यो भन्दा पहिला को लकडाउनमा लुकिछिपि घर बाट निस्कने गरेका नागरिक यसपाला भने आज पहिलो दिन घर बाट ननिस्किएको उनले बताए! त्यस्तै दाङ्ग को लमही बजार पनि मानव विहिन जस्तै देखिएको छ! हाम्रा लमही शमाचारदाता का अनुसार बजार क्षेत्रमा शसस्त्र प्रहरी र प्रहरी अग्रमोर्चामा खटिएका छन, बजार सुनसान छ उनले बताए!
दाङ्गमा लकडाउन, बजार सुनसान, अग्रमोर्चामा शस्त्र प्रहरी र प्रहरी,
प्रतिक्रिया