वर्षात ले घर भत्काइ दिंदा विचल्ली,

तुलसिपुर १४ भदौ, अविरल वर्षात का कारण घर भत्किदा लाखौव्को क्षति भएको छ भने परिवारको विचल्ली भएको छ! गएको भदौ ९ गतेको अविरल वर्षा ले तुलसिपुर ३ थापापानी निवासी आशाराम बाँठाको बस्ने घर भत्किएको हो! घर भत्किदा ३० हजार बराबर को अन्नपात, ५० हजार बराबरको लत्ता कपडा भाँडाकुंडा र ३ लाख बराबरको घर पुर्ण रुपमा क्षति भएको प्रहरी चौकी बेलुवा ले जानकारी दिएको छ! बस्ती विकट भएकाले आज मात्रै सर्जमिन मुचुल्का उठाइ पिडितलाइ क्षति पुर्ती का लागि सम्बन्धित निकाय सम्म जान सजिलो बनाइ दिएका छौ बेलुवा चौकी का इन्चार्ज प्रदिप कुमार खडका ले बताउनु भयो! उता यो वर्षायाममा घर भत्किदा आफु कहाँ बस्ने परिवार लाई कहाँ बसाल्ने र के खाने भन्ने चिन्ता भएको बाँठा ले बताए! वर्षातका कारण बाँठा को ८ हात चौडाइ र १५ हात लम्बाइ , जस्ता पाताले छाएको घर भत्किएको हो! आफू गरिब भएकाले कोइ दानविर दाता भए मलाइ यो विपतको बेलामा सहयोग गर्नुस बाँठाले राप्ती पहिचान सङ्गको कुराकानीमा भने!

प्रतिक्रिया