जन्म दिन मनाउने खर्च ले अपाङ्ग लाई खाद्यान्न,

तुलसिपुर भदौ १३, तुलसिपुर का एक ब्यक्ती ले आफ्नो जन्म दिन मनाउदा खर्च हुने रकम ले अपाङ्ग महिला लाई खाद्यान्न सहयोग गरेका छन! तुलसिपुर ८ अश्वारा निवासी दोर्ण आचार्य ले आफ्नो ३९औ जन्मदिन को अवसरमा यस्तो सहयोग गरेका हुन! बुवा छबिलाल आचार्य र आमा शुकमायाँ आचार्य का छोरा दोर्ण आचार्य को आज कै दिन २०३७ सालमा जन्म भएको हो! रसरङ्ग र महङ्गो प्रकारको आइस केक काटेर जन्म दिन मनाउनु भन्दा आज यी अपाङ्ग महिला लाई खाद्यान्न दिएर जन्मदिन मनाउदा अचम्म खुशी लागेको छ आचार्य ले भने ! आचार्य ले तुलसिपुर ३ बल्ले निवासी अपाङ्ग महिला लक्ष्मी बुढा लाई ५० किलो चामल, ५ लिटर खाने तेल, ५ किलो दाल र नुन साबुन लगायत का खाद्यान्न सामग्री सहयोग गरेर जन्मदिन मनाएका हुन! मलाइ प्रेसर को कारण ले अपाङ्ग बनाइ सकेको छ के खाम के लाम भन्ने भएको बेलामा खाद्यान्न ल्याइ दिनु भयो तपाईं को जीवन शुखी रहोस र तपाइको दिर्घ जिबनको कामना गर्दछु लक्ष्मी बुढा ले आशीरद दिँदै भनिन! आचार्य सफल युवा ब्यबशायी र स्वतन्त्र पत्रकार संघ नेपाल का पत्रकार पनि हुन! आफ्नै घरमा खाद्यान्न लिएर पुगेका उनलाइ ती अपाङ्ग महिला ले अबिर टीका र माला लगाइदिएर स्वागत गरेकी थिइन!

प्रतिक्रिया