तुलसिपुर भदौ १३, तुलसिपुर का एक ब्यक्ती ले आफ्नो जन्मदिन मनाउदा लाग्ने खर्च ले अपाङ्ग महिला लाई खाद्यान्न सहयोग गरेर जन्म दिन मनाएका छन! तुलसिपुर ८ अश्वारा निवासी दोर्ण आचार्य ले आफ्नो ३९ औं जन्म दिन मनाउने खर्च ले तुलसिपुर ३ बल्ले निवासी अपाङ्ग महिला लक्ष्मी बुढा लाई खाद्यान्न सहयोग गरेका हुन! बुवा छबिलाल आचार्य र आमा शुकमायाँ आचार्य का छोरा दोर्ण आचार्य को २०३७ साल भदौ १३ गते आजकै दिन जन्म भएको हो! आचार्य ले राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल को हाम्रो सामाजिक अभियान मार्फत ती अपाङ्ग महिला लाई सहयोग गरेका हुन! आचात्य ले ५० किलो चामल, ५ लिटर खाने तेल, ५ किलो नुन, ५ किलो दाल लगायतका खाद्यान्न सामग्री बुढा लाई सहयोग गरेका हुन! आफू अचम्म दुखमा रहेका बेला खाद्यान्न सहयोग गर्न उनकै घर तुलसिपुर ३ बल्ले पुगेका आचार्य लाई ती अपाङ्ग महिला ले फुलमाला र अबिर लगाइ दिएर जन्म दिनको शुभकामना दिएकी थिइन! मलाई के खाने के लाउने भन्ने चिन्ता थियो तपाइले खाद्यान्न दिनु भयो तपाइको शुखी जिवन र दिर्घजीवन को कामना गर्दछु बुढा ले आशीरद दिँदै भनिन! धेरै ले रसरङ्ग गरि जन्म दिन मनाउछन र खर्च पनि गर्छन तर मैले मेरो जन्म दिनमा फजुल खर्च नगरी अपाङ्ग महिला लाई सहयोग गर्ने मौका पाए म आज अचम्म खुशी छु आचार्य ले भने! म चाहन्छु मैले जस्तै अरुले पनि जन्मदिन पार्टी विवाह गर्दा सानोतिनो रकम बचाएर यी यस्तै गरिब दुखी अपाङ्ग हरु लाई सहयोग गरे हाम्रो समाजमा कोइ दुखमा हुने थिएन आचार्य ले अगाडि भने!
आफू जन्मेको दिन अपाङ्ग लाई खाद्यान्न सहयोग,
प्रतिक्रिया