१४ गते मध्य राती देखि दाङ्ग बन्द,

घोराही भदौ १२, कोरोना भाइरस समुदाय स्तर सम्म फैलिन नदिन यहि भदौ १४ गते देखि दाङ्ग जिल्ला लाई पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ! शुक्रवार १२ गते जिल्ला संकट ब्यबश्थापन समिती को बैठक ले यस्तो निर्णय गरेको हो! पहिलो चरणमा भदौ १४ गते मध्य राती १२ बजे देखि लागू हुने गरि भदौ २१ गते राती १२ बजे सम्म एक साता का लागि दाङ्ग जिल्ला लाई पुर्ण रुपमा बन्द गर्ने निर्णय भएको छ दाङ्गका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाल ले जानकारी गराएका छन! उनका अनुसार भदौ १० गते तुलसिपुर क्षेत्र मा समुदाय स्तर मा कोरोना देखिए पछि थप भयावह श्थित आउन नदिन यस्तो निर्णय गरिएको हो! शुक्रवार दाङ्ग जिल्ला का १० वटै स्थानिय तह का प्रमुख, सरोकारवाला निकाएको बैठक ले यस्तो निर्णय गरेको हो! भदै २१ गते राती १२ बजे सम्मको श्थिती लाई हेरेर अर्को निर्णय हुने रिजाल ले बताए! बन्दको समयमा सुरक्षा निकायका गाडी अत्यावसकिय सामग्री बोकेको गाडि, एम्बुलेन्स र संचार गृह का गाडी भने निर्वाध चल्ने छन उनले भने! अत्यावश्यक काम बाहेक घर बाट ननिस्कन अनुरोध गरेका छौ उनले अगाडि भने!

प्रतिक्रिया