
तुलसिपुर ११ भदौ, तुलसिपुर का एक व्यापारी ले गरिब दुखि का बालबालिका लाई दिनु होला भनी लत्ता कपडा सहयोग गरेका छन! तुलसिपुर ५ को सुर्खेत रोडमा फेन्शी कपडा को ब्यबशाय गर्दै आइ रहेका शर्मा शपिङ सेन्टरका संचालक पुनाराम शर्माले तिज र दशै पर्वमा बिकट वस्ती का गरिब दुखी का बालबालिका लाई दिनु होला भन्दै १९३ जना बालबालिका लाई पुग्ने गरि लत्ता कपडा सहयोग गर्नु भएको हो! राउटे लोपौन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिस्ठान नेपाल को हाम्रो सामाजिक अभियान मार्फत शर्मा ले बालबालिका लाई लत्ता कपडा उपलब्ध गराएका हुन! प्रतिस्ठान को हाम्रो सामाजिक अभियान ले फाटेका कपडा लाएका बालबालिका को फोटो राखेको देखे पछि ती बालबालिका लाई दिनु भनी लत्ता कपडा सहयोग गरेको हुँ शर्मा ले अगाडि भने! शर्मा ले ११५ जना बालिका का लागि र ७८ जना बालक का लागि लत्ता कपडा सहयोग गरेका छन! शर्मा जि ले दिएको लत्ता कपडा हामिले गरिब दुखी का बालबालिका लाई दिने काम गरि रहेका छौँ, धेरै लाई दि सकेका छौँ हाम्रो सामाजिक अभियान का अभियन्ता रमा बुढा मगर ले भनिन! हामिले धेरै बालबालिका लाई हाम्रो सहयोग सामग्री रहेको गोदाम मा बोलाएर दियौँ भने आउन नसक्ने लाई उनी हरुकै घरमा पुगेर दिएका छौँ बुढा ले भनिन! सामाजिक अभियान ले सहयोग को अपिल गर्दै राखेको गरिब दुखी का बालबालिका ले फाटेको कपडा लगाएको फोटो देख्दा दया लाग्यो त्यसैले सहयोग गरेका हौं व्यापारी शर्मा कि श्रीमती प्रेम कुमारी शर्मा ले हामी लाई बताउनु भयो!