श्राद्द गर्ने पैसा ले अपाङ्गलाई खाद्यान्न,

तुलसिपुर १० भदौ, स्वर्गीय आमा को श्राद्द गर्न लाग्ने खर्च रकम बाट एक जना ले अपाङ्ग लाई खाद्यान्न सहयोग गरेका छन!तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ७ निवासी इश्वरी प्रसाद गैरे ले आफ्नी आमा स्व: ऋषीदेवि गैरे को पुण्य तिथि को अवसर पारेर यो काम गरेका हुन! गैरे ले आफ्नी आमा को श्राद्द गर्ने तिथि पर्वका दिन तुलसिपुर ३ बल्ले निवासी अपाङ्ग महिला लक्ष्मी बुढा लाई ५० किलो चामल,४ लिटर खाने तेल, ५ किलो दाल र २ किलो नुन लगायतका खाद्यान्न सामग्री बुढा लाई सहयोग गरेका हुन! इश्वरी प्रसाद गैरे स्व:ऋषिदेवी गैरे का राँइला छोरा हुन !श्रीमती गैरे को २०५६ साल भदौ महिना मा कालगती ले मृत्यु भएको थियो! यो भन्दा अघि मैले आमा को श्राद्द खर्च ले बालकल्यान प्रा वि डाडापातु का विद्यार्थी लाई कापी पेन्सिल दिने गरेको थिए, यो वर्ष कोभिड महामारी का कारण विद्यालय बन्द रहेकाले बुढा लाई खद्यान्न सहयोग गरेको हुँ इश्वरी गैरे ले भने! उता प्यारालाइसिस भै थलिएकी लक्ष्मी बुढा ले राहत पाए पछि खुशी ब्यक्त गरिन! मेरो को नै होला र भनेकी थिए तर सहयोग पाउँदा खुशी छु उनले भनिन! गैरे ले सामाजिक अभियन्ता एग्गे बहादुर बुढा लाई फोन गरि आमाको पुण्य तिथि को अवसरमा श्राद्द खर्च ले कोइ दिन दुखी लाई खाद्यान्न सहयोग गर्ने जानकारी गराए पछि सामाजिक अभियन्ता एग्गे बहादुर बुढा ले तारतम्य मिलाएका हुन!

प्रतिक्रिया