तुल्सीपुर ९भदौ” एक हप्ताअघि घरको छतबाट लडेर घाइते भएर युनिभर्सल मेडिकल कलेजमा उपचार गराइरहेका रुपन्देहीमा गैडहवा गाउँपालिका ३ का ५५ वर्षका कोरोना संक्रमित पुरुषको सोमबार राति मृत्यु भएको छ । उनको ४ दिनअघि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । भीम अस्पतालमा मृत्यु भएको हो ।
लडेर परेको चोटबाट टाउकोमा रगत जमेको र शल्यक्रियाका लागि पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि मेडिकल कलेजले डिस्जार्चका लागि दबाब दिएपछि उनलाई भीम अस्पतालमा भर्ना गरिएको थियो । उपचार गर्दागर्दै उनको त्यही अस्पतालमा मृत्यु भएको हो ।
उनको मृत्युको दुष्टि गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवि घिमिरेले गरेका छन् । उनको मृत्युसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६ पुगेको छ ।
त्यस्तै उता पर्साको वीरगन्जस्थित नारायणी अस्पतालमा एक मृतक पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती पुरुषको उपचारका क्रममा नारायणी अस्थायी कोरोना अस्पतालमा दुई दिन अगाडि मृत्यु भएको छ । मृतक पर्साको जिराभवानी गाउँपालिका–४ निवासी रहेका छन् । उनको मृत्यु अस्तिका आइतबारका राति १० बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ । मृतक मुटु रोगी थिए भने पछिल्ल्लो समयमा निमोनिया र खोकी देखिएपछि आइतबार राति करिब साढे ९ बजेको समयमा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । पीसीआर रिपोर्ट भने दुई दिनपछि मात्र आएको हो । परीक्षणको चाप अत्याधिक भएकाले ढिला भएको अस्पतालको दाबी छ ।