
तुलसिपुर भदौ ८ तुलसिपुर उपमहानगरपालिका मा आ,व,२०७६/०७७ मा बिकास खर्च भन्दा सेवा सुविधा खर्च दोब्बर बढी देखिएको छ! उप मनपा को कुल बजेट १ अर्व ७१ करोड ८८ लाख ६ हजार रुपैयाँ बाट बिकास खर्च तर्फ भनी १ अर्व ३७ करोड २८ लाख छुट्याइएको मा जम्मा बिकास खर्च ४४ करोड ५१ लाख एक हजार नौ सय सात रुपैयाँ १६ पैसा मात्र खर्च गरि बाँकी रकम सेवा सुविधामा खर्च गरेको पाइएको छ!यता सेवा सुविधा खर्च तर्फ ३४ करोड ६० लाख रुपैयाँ लक्ष लिएको उप मनपा ले त्यो खर्च बढाएर दोब्बर भन्दा बढी ७६ करोड ९७ लाख ४९ हजार ७४१ रुपैयाँ ९० पैसा पुर्याएको पाइएको छ! सरसरती भन्नू पर्दा बिकास खर्च ४४ करोड ५१ लाख एक हजार ३०७ रुपैयाँ १६ पैसा मात्र खर्च गरेको छ भने सेवा सुविधा तर्फ ७६ करोड ९७ लाख ४९ हजार ७४१ रुपैयाँ ९० पैसा खर्च गरेको देखिन्छ भने खर्च मध्य २ करोड ४७ लाख ६६ हजार ९२७ रुपैयाँ चुनाव जितेर गएका जनप्रतिनिधी हरुले सेवा सुविधा बापत बुझिइ लिएको पाइएको छ! यस बिषयमा हामिले तुलसिपुर उपमहानगरपालिका का प्रवक्ता सुर्य बहादुर डाङ्गी लाई फोन गरि बिकास खर्च भन्दा सेवा सुविधा खर्च कसरी बढी भयो भनी सोध्दा यो सामान्य कुरा भाएको बताउदै थप कुरा बताउन चाहेनन! यसै बिषयमा हामिले उप मनपा का नि:प्रमुख प्रशासकिय अधिकृत भास्कर गौतम लाई फोन गरि सोध्दा आफू लाई केही थाहा नभएको कुरा बताए! नेपालको संविधान २०७२ ले स्थानिय स्तर सम्म सरकारी सेवा सुविधा जनताले सहजै प्राप्त गर्न सकुन भन्ने हेतुले तीन तह को सरकार को परिकल्पना गरि स्थानिय पालिका लाई स्थानिय सरकारको रुपमा परिभाषित गरेको छ! स्थानिय जनता का न्युनतम आबश्यक्ता , बिकास, संचार, स्वाश्थ्य शिक्षा, मा जनताको सहज पहुँच पुगोस भनी स्थापना गरिएका स्थानिय सरकार को अड्डामा बिकास खर्च भन्दा सेवा सुविधा खर्च बढी देखिनु आस्चर्य जनक भएको नगरवासी हरु बताउछन! तुलसिपुर उप मनपा का १९ वडा मध्य कैयन गाउँ बस्तिमा पानी,बिजुली, संचार, र गोरेटो बाटो सम्म नबनी रहेका अबश्थामा यस पालिका मा मनपरी सेवा सुविधा लिनु कत्तीको जायज हो एक नगरवासी ले भने! जनताको घर छेउमा बिकास ल्याइ दिने वाचा खाएका जनप्रतिनिधी हरुले यति धेरै रकम सेवा सुविधा का लागि बुझिइ लिनु खेद जनक छ एक नगरवासी ले बताए!