
६ भदौ, चितवन । कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि चितवनका स्थानीय तहले धमाधम आइसोलेसन वेड बनाउन शुरुआत गरेका छन् । कोरोनाको लक्षण नदेखिएका बिरामी राख्न आइसोलेसन स्थल बनाउन थालेका हुन् ।
भरतपुर महानगरपालिकाले योगी नरहरीनाथ आश्रम परिसरमा रहेको प्राकृतिक चिकित्सालयमा अगामी आइतबारदेखि सञ्चालन गर्ने गरी आइसोलेसन तयार गर्दैछ ।