
६ भदौ, काठमाडौं । सरकारले पाँचौ चरणको उद्धार उडान सुरु गरेकै दिन १ भदौमा नेपाली श्रमिक लिन दुबई पुगेको नेपाल वायु सेवा निगमको हवाईजहाज रित्तै फर्कियो । विमानलाई रित्तै फर्काइएन मात्र उद्धार उडान नै रोकियो ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले नेपाल फर्कन आतुर रहेका श्रमिकहरुलाई काठमाडौंमा होटेलको व्यवस्था हुन नसकेको भन्दै विमानस्थलबाटै फर्काएको थियो । होटेलको शुल्क महँगो भएको, नेपालीहरु तारे होटेलमा बस्न नमानेको आदि तर्क सीसीएमसीको थियो ।