उपत्यकासहित २०० भन्दा बढी कोरोना संक्रमित भएको जिल्लामा ‘वर्क फ्रम होम’ को नियम

२७ साउन ,कोहलपुर बाँके।

सरकारले उपत्यकासहित २०० भन्दा बढी सक्रिय कोरोना संक्रमित भएका जिल्लामा ‘वर्क फ्रम होम’ को नियम लागू गरेको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले सरकारी तथा गैरसरकारी निकायहरु, बैंक, सहकारी, लघुवित्तलगायतका कार्यालयले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने तथा आलोपालो गरी बढीमा ५० प्रतिशत कर्मचारी कार्यालयमा उपस्थित हुने र अन्य कर्मचारीले घरबाटै कार्यसम्पादन गर्ने व्यवस्था मिलाउने गरी निर्णय गरिएको सरकारका प्रवक्ता डा युवराज खतिवडाले मंगलबार जानकारी दिए । त्यस्तो व्यवस्था सम्बन्धित कार्यालय प्रमुखले मिलाउनु पर्नेछ ।

प्रतिक्रिया