नेपालगन्जकाे सिल बुधबारदेखि हट्ने, निषेधाज्ञा शुक्रबारसम्म

२७ साउन ,कोहलपुर बाँके।

नेपालगन्जकाे सिल भाेलि बुधवार देखि हट्ने भएकाे छ ।

जिल्ला प्रसाशन कार्यालय बाँकेमा मंगलबार बसेकाे काेभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले चार नाकाकाे सिल भाेलिदेखि हटाउने निर्णय गरेकाे हाे ।

यस्तै बाँकेमा जारी निषेधाज्ञा शुक्रबार राती १२ सम्म थप गर्ने निर्णय पनि गरेकाे छ । निषेधाज्ञा तत्कालका लागि नहट्ने निर्णय गरिएकाे प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूम्वाङले जानकारी दिनुभयाे ।

प्रतिक्रिया