कोहलपुरमा मृत्यु भएका कोरोना संक्रमितको शव प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अन्त्यष्टि

२७ साउन ,कोहलपुर बाँके।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा गत आईतबार मृत्यु भएका कोरोना संक्रमित व्यक्तिको शव मंगलबार प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा अन्त्यष्टि गरिएको छ ।

अछाम चौरपाटीका ५० बर्षीय संक्रमित पुरुषको शव व्यवस्थापनको लागि कोभिड–१९ को मापदण्ड अनुसार नेपाली सेनाले परिवारको सहमतिमा अन्त्यष्टि गरेको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङको उपस्थितिमा नेपाली सेनाको भैरवप्रसाद गणको तालिम प्राप्त टोलीले विषेश सावधानी अपनाउदै बाँकको राष्ट्रिय बन क्षेत्रमा गाडिएको हो ।
कोबिड–१९ को संक्रमणको कारण मृत्यु भए शव व्यवस्थापनको लागि आवश्यक पर्ने शव बाहनको अभावमा सरकारी मोटरमा शव अन्त्यष्टि लागि लगिएको थियो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ्गले विषेश सावधानी अपनाएर मृतकको शवको व्यवस्थापन गरिएको जानकारी दिए । कोभिड–१९ को शव व्यवस्थापनको निर्देशिका अनुसार नेपाली सेनाले शवको व्यवस्थापन गर्ने उल्लेख गरिए अनुसार सेनाले वयवस्थापन गरिएको हो ।
उनले कोभिड संक्रमितको शव व्यवस्थापनमा स्थानीयको अवरोधको कारण छापामार शैलीमा शव व्यवस्थापन गर्नु परेको गुनासो गरे ।

सो अस्पतालमा आईतबार नै कोहलपुर–२ कि एक ७० वर्षीया महिलाको मृत्युु भएपछि नेपाली सेनाको टोलीले नै शव व्यवस्थापन गरेको थियो । उनको पनि मृत्यु पछिमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया