भेरी अस्पताल परिक्षणमा ५९ जनालाई कोरोना पुष्टि

२७ साउन ,कोहलपुर बाँके।

भेरी अस्पताल परिक्षणमा आज एकै दिन ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा जाँच गरिएको ४ सय ८० नमुनामा ५९ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जानकारी दिएको छ । ती मध्ये बाँकेका मात्रै २६ जना छन् ।

नेपालगन्ज मेडिकल कलेजबाट संकलित नमुनामा ५ जना, भेरी अस्पतालमा संकलन गरिएको नमुनामा २१ जना र राप्तीसोनारीका १ जनामा कोरोना पुष्टि भएको छ । भेरीबाट संकलित स्वाबमा पोजिटिभ देखिएका अधिकांश कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् ।

नेपालगन्ज मेडिकल कलेजमा कोरोना पुष्टि भएका मध्ये १ जना आइतबार कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्युु भएका अछामका ५० वर्षीय पुरुष हुन् । बाँकेमा अब कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । ४ सय ५ जना कोरोना निको भएर घर जाँदा ३ जनाको मृत्यु भएको छ । भेरी अस्पतालका अनुसार नेपाली सेनाको फिल्ड एम्बुलेन्स(फि.ए.)बाट संकलित नमुनामा २९ जना र दाङका ३ जनामा कोरोना पोजिटिभ देखिएको छ ।

प्रतिक्रिया