२७ साउन कोहलपुर बाँके।
नेपालगन्ज वडा नं-७ मा तीन महिना अघि भेटिएकाे शिवकाे मुर्ति चाेरी भएकाे छ
मन्दिरका पुजारी परिवार राती १ बजेसम्म जागेपनि मंगलबार बिहान ३ बजेतिर मुर्ति चाेरी भएकाे स्थानीय बताएका छन् ।
करिब तीन महिनाअघि मन्दिर छेउँमा बाटाे बनाउने क्रममा साे मुर्ति फेला परेकाे रामजानकी मन्दिर व्यवस्थापन समितिका संयाेजक बिनाेद कश्यपले जानकारी दिए ।
फेला परेकाे साे अष्टधातुकाे शिवकाे मन्दिरमा स्थापना गरिएकाे थियाे । साे बेला वडा नं-१३ का एक व्यक्तिले आफ्नाे भनेर दावी गरेपछि व्यवस्थापन समिति र दावीवाला बसेर सहमतिमा मन्दिरमा स्थापना गरिएकाे थियाे ।
मन्दिरमा सहजै छिर्न सक्ने कुनै बाटाे नभएकाले चाेरीकाे घट्ना रहस्यमय बनेकाे छ । समितिका सल्लाहकार हर्क बहादुर गुरूङले चाेरी गर्ने कुनै बाटाे नदेखिएकाले रहस्यमय भएकाे बताउनुभयाे ।
प्रहरीले घट्नास्थलकाे प्रारम्भिक अनुसन्धान गर्दा चाेरी हुनसक्ने आधार देखिएकाे छैन ।