जनकपुरधाममा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

२७ साउन ,कोहलपुर बाँके।

धनुषाको जनकपुरधाममा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको मृत्यु भएको कोभिड–१९ संयोजक डा. जामुन सिंहले जानकारी दिए ।

१८ दिनदेखि आईसीयूमा राखेर उपचार चल्दै आएको डा. सिंहले बताए । उनी क्षयरोग र निमोनियाबाट पनि पीडित रहेको डा. सिंहले जानकारी दिएका छन् ।उनको ट्राभल हिस्ट्री भने खुल्न बाँकी छ । उनको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

यससँगै धनुषा जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । नेपालभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या भने ८० पुगेको छ ।

प्रतिक्रिया