२ लाख ३३ हजार ५ सय नगद र ८ लाख २२ हजार रुपैयाको भौचर सहितनेपाल खानेपानी संस्थानका प्रमुख पक्राउ

२६ साउन, कोहलपुर बाँके।

नेपाल खानेपानी संस्थान बुटवलका प्रमुख इन्जिनियर सन्तोष साह घुस रकम सहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्रमुख इन्जिनियर साहलाई २ लाख ३३ हजार ५ सय र बैंकमा जम्मा गरेको ८ लाख २२ हजार रुपैयाको भौचर सहित आइतवार अपरान्ह धादिङ्को धुनिबेंसी बाट पक्राउ गरेको हो।
अभियुक्ति ले खाने पानी को शाखा कार्यालयका सेवाग्राही संग घुसबापतको रकम उठाएर काठमाडौँ आएको सूचना का आधारमा आयोगको केन्द्रिय कार्यालय बाट खटिएको टोलीले साहलाई पक्राउ गरेको आयोगले जानेको छ।

प्रतिक्रिया