२६ साउन ,कोहलपुर बाँके।
बाँकेमा कोरोना संक्रमण पुष्टि भएका १२ जना सम्पर्कविहीन भएका छन् । उनीहरुलाई खोज्न प्रहरी नै परिचालन गर्नुपर्ने अवस्था सृजना भएको छ ।
पीसीआर परीक्षणका लागि दवाव दिने र रिपोर्ट पोजेटिभ आएपछि सम्पर्कविहीन भइदिने गरेका कारण स्थानीय प्रहरी प्रशासन र स्वास्थ्यकर्मीलाई तनाव भएको हो ।गत २३ गते यता संक्रमण पुष्टि भएकाहरुमध्ये १२ जना सम्पर्कमा नआएको खुलेको छ । कोरोना पुष्टि भएपछि सम्पर्कविहीन भइदिनेहरुमा हाइप्रोफाइलका व्यक्ति नै रहेका छन् ।
जिल्ला समन्वय समिति बाँकेका एकजना अधिकृत समेत संक्रमण पुष्टि भएपछि मोवाइल अफ गरेर बसेको खुलेको छ ।