कोरोना रिपोर्ट पोजेटिभ आएपछि मोबाइल अफ ! हैरान जनस्वास्थ्य

२६ साउन ,कोहलपुर बाँके।

कोरोना टेस्ट गर्दा रिपोर्ट पोजेटिभ आएपछि मोबाइल स्वीच अफ गर्दा जन स्वास्थ्य कार्यालयलाई उनीहरुको व्यवस्थापनमा समस्या हुन थालेको छ । जनस्वास्थ्य कार्यालयले स्वाब दिएकाहरुको रिपोर्टबारे जानकारी गराउँदा मोबाइल नउठ्ने, स्वीच अफ हुने गरेको हो ।

जनस्वास्थ्य कार्यालयले दैनिक कोरोना पोजेटिभको रिपोर्ट तथा तिनीहरुको व्यवस्थापन बारे दैनिक केन्द्रमा रिपोर्ट पठाउनु पर्ने हुन्छ। तर, संक्रमितले मोबाइल अफ गर्दा व्यवस्थापनमा समस्या हुने गरेको हो ।
कोरोना पोजेटिभ सम्पर्कमा आउन नचाहने क्रम देखिन थालेपछि भेरी अस्पताल नेपालगन्जलाई रिपोर्ट सार्वजनिक गर्दा समेत पूर्ण विवरण नखुलाउन जनस्वास्थ्य कार्यालयले आग्रह गरिसकेको छ ।

जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठ दैनिक रुपमा जिल्लामा कोरोना संक्रमितको रिपोर्ट बनाउँछन् । कोरोना पोजेटिभले मोबाइल अफ गरेपछि उनि निकै हैरान छन् । आइतबार उनले सामाजिक सञ्जालमै पोष्ट गरेका छन्, ‘क्वारेन्टाइनमा नबसी स्वाब संकलन गराउने, पीसीआर रिपोर्ट पोजेटिभ आए पछि मोबाइल अफ गरी बेपत्ता हुनेहरुका कारण रिपोर्ट बनाउन सकिएको छैन ।

प्रतिक्रिया