
२३ साउन ,कोहलपुर बाँके।
बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिबादी एक जनालाई पक्राउ गरेकोछ । बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ कम्दीको डलैपुर बस्ने २२ वर्षिय रोमन क्षेत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
अदालतबाट कैद तथा जरिवाना भई फरार रहेका व्यक्तिहरु पक्राउ गर्ने अभियान अन्तरगत बाँके प्रहरीले उनलाई पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता एबम सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए ।
पक्राउ परेका क्षेत्रीले बाँके डुडुवा गाउँपालिका वडा नम्बर ५ डलैपुर बस्ने २२ वर्षिय एकलाल बोहरालाई ज्यान मार्ने मनसायले धारिलो हतियार प्रहार गरि घाईते बनाएका थिए ।
घटना लगत्तै ज्यान मार्ने उद्योगमा जिल्ला अदालतमा भएको मुद्दा दर्तामा अदालतले २०७२ भदौ ९ गतेको क्षेत्रीलाई ५ वर्ष कैद सजाय सुनाएको थियो । पक्राउ परेका क्षेत्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बाँकेमा बुझाईएको बाँके प्रहरीले जनाएकोछ ।
उक्त घटनामा संलग्न जिल्ला बाँके साविक कम्दी ९ हाल डुडुवा गाउँपालिका वडा नम्बर ५ डलैपुर बस्ने ज्ञानु बोहरा, भिम बहादुर विक, शंकर क्षेत्रीलाई तत्काल पक्राउ गरिएको थियो । उनीहरु हाल सजाय काटी छुटिसकेका छन् । भने सोही स्थान बस्ने ललित क्षेत्री तथा देव बहादुर बुढाक्षेत्री हालसम्म फरार रहेकाछन् ।