दुईसय जनालाई सय रुपैयाँ कारबाही

२३ साउन ,कोहलपुर बाँके।

निषेधाज्ञा उल्लङ्घन गर्ने बाँकेका दुई सय जनालाई कारबाही गरिएकोछ । जिल्लामा निषेधाज्ञा उलंघन गर्ने २ सय जना ब्यक्तिलाई शुक्रबार बिहान नियन्त्रणमा लिइ कारबाही गरिएको हो ।
कोरोना भाइरस संक्रमणको अवस्था झन जटिल बन्दै गएपछि बाँके प्रशासनले थप तीन दिनका लागि बाँकेमा निषेधाज्ञा बढाएकोछ ।

निषेधाज्ञाकै बेला बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्ग र बाँकेका प्रहरी प्रमुख ओमबहादुर राना स्वयम शुक्रबार फिल्डमै खटेर निषेधाज्ञा उल्लङ्घन गर्ने २ सय जनालाई कारबाही गरेका हुन् ।

यसरी निषेधाज्ञा उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिएर नेपालगन्जको विभिन्न स्थानमा होल्डिङ्ग गरी राखिएको छ । केहीलाई क्वारेन्टिन पठाईएको बाँकेका प्रहरी प्रमुख रानाले बताए ।

उनले अत्यावश्यक बाहेकका सेवा र पसल खोल्ने, अटो, रिक्सा सञ्चालन गर्नेलाई नियन्त्रणमा लिएर संक्रमण रोग नियमन उलंघन ऐन अन्तरगत प्रतिब्यक्ति एक सय रुपैया जरिवाना लिएर छाडिएको बताए ।

प्रतिक्रिया