बाँकेमा निषेधाज्ञाको अवधी पुनः ४ दिन बढ्यो

२३ साउन , कोहलपुर बाँके।

कोरोना भाइरसका संक्रमण बढ्दै गएपछि बाँके फेरी ४ दिन का लागि लकडाउन थपिएको छ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले निषेधाज्ञा मंगलबार राती १२ बजेसम्म बढाइएको जानकारी दिएका छन् । कोरोना संक्रमण समुदायस्तरमा बढ्दै गएको देखिएकाले बाँकेमा निषेधाज्ञा बढाइँदै लगिएको हो ।

जिल्लामा देनिक रुपमा कोरोनाका संक्रमितहरु भारी संख्यामा फेला परिरहेका छन् । बिहीबार मात्रै जिल्लाका २८ जनामा संक्रमण देखिएको थियो भने आज शुक्रबार फेरि बाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि भएको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय ४७ पुगेको छ ।

प्रतिक्रिया