आईतबारदेखि पाँच दिन का लागि बर्दियामा निषेधाज्ञा

२३ साउन , कोहलपुर बाँके।

कोभिड-१९ को संक्रमण बढ्दै गएपछि बर्दियामा निषेधाज्ञा जारी गरीने भएको छ।

बिहिबार बसेको कोभिड-१९ जिल्ला संकट ब्यवस्थापन केन्द्र को बैठकले आगामी आईतबारदेखी पाँच दिनसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

बर्दियासँग सिमाना जोडिएका छिमेकी जिल्लाहरु बाँके र कैलालीमा कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण फैलन नदिन बर्दियामा समेत निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको जिल्ला प्रकाशन कार्यालय बर्दियाले जनाएको छ । प्रशासन कार्यालय बर्दियाका प्रशासकीय अधिकृत गाणेश बिक्रम शाहद्धारा जारी गरीएको सूचना अनुसार आगामी साउन २५ गते बिहान ६ बजेदेखी २९ गते मध्यरातसम्मकालागि जिल्लाब्यापी रुपमा निषेधाज्ञा जारी गरीने उल्लेख गरीएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु बन्द गर्न समेत जिल्ला प्रशासन कार्यालय बर्दियाले सबैलाई आग्रह गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि यसअघि साउन २४ गतेसम्मकालागि बाँकेमा समेत निषेधाज्ञा जारी गरीएको छ ।

प्रतिक्रिया