२१ साउन ,कोहलपुर बाँके।
कैलालीको कैलारी गाउँपालिकामा अनिश्चितकालका लागि लकडाउन गरिएको छ ।
मंगलबार स्वास्थ्यकर्मीसहित चौकीदार र भान्छे लगायत ७ जनामा कोरोना संक्रमण देखिएपछि अनिश्चितकालका लकडाउन गरिएको गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले जानकारी दिएका छन् ।
बुधवार बसेको गाउँपालिकाको बैठकले अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको उनले बताएका छन् ।
बुधबारदेखि गाउँपालिकामा रहेका बैङ्क तथा वित्तीय संस्था बजार सबै पूर्ण बन्द गरिएको अध्यक्ष जानकारी दिए ।
कैलालीमा संक्रमितको संख्या ११६९ पुगेको छ । ती मध्ये कैलाली गाउँपालिकामा ४१ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ३४ जना निको भएर घर फर्किसकेके स्वास्थ्य शाखाले जानकारी दिएको छ ।