पार्टी फुटेपछि बाहिरी शक्तिको चहलखेल हुन्छ ;नेकपा प्रमुख सचेतक गुरुङ

२१ साउन ,कोहलपुर बाँके।

नेकपा का प्रमुख सचेतक देवप्रसाद गुरुङले ठूलो मेहनत र बलिदानबाट एकतामा रुपान्तरण भएको पार्टी टुटफुट नहुने दाबी गरेका छन्।

लमजुङस्थित मस्र्याङ्दी गाउँपालिकामा नेकपा गाउँपालिका कमिटिले मंगलबार आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले पार्टी फुटाउने कार्य जनतालाई अस्वीकार्य भएको बताएका छन् ।

आन्तरीक विवाद सामान्य वैचारिक ध्रुवीकरण मात्र भएको उल्लेख गर्दै उनले पार्टी नेतृत्वले उचित निर्णय गरेर पार्टीलाई एकताबद्ध ढङ्गले अघि बढाउन विश्वास व्यक्त गरेका छन्।नेकपामा आन्तरिक विवाद भइरहेमा बाहिरी शक्तिले चहलखेल गर्नसक्ने र देशको विकासमा समेत धक्का पुग्ने उनले बताए।

नेकपाले एकताबद्ध भएर अघि बढेमा मात्र जनताले चाहेको जस्तो विकास गर्दै मुलुकलाई अघि बढाउन सकिने सचेतक गुरुङको भनाइ रहेको थियो।

प्रतिक्रिया