
२० साउन, कोहलपुर बाँके।
बाँके सशस्त्र प्रहरीले डुडुवा गाउँपालिका १ रामपुर पाँजाबाट भारतबाट ल्याइँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सुर्तीजन्य सामग्री बरामद गरेको छ।
एसपी बमले तस्करी रोक्न कुनै कसर बाँकि नराखेर काम गर्न निर्देशन दिएका छन् । यसअघि कार्यरत एसपी दीपक अधिकारीको पालामा पनि लकडाउनको अवधिमा २२ लाख बराबरको अवैध सामग्री बरामद गरिएको थियो ।
अवैध तस्करीका सामग्री बरामद गर्ने अभियानमा लागेको सशस्त्र प्रहरी बल बाँकेको गंंगापुर बिओपीका सशस्त्र प्रहरी सहायक निरीक्षक निरक थापाको नेतृत्वमा गएको टोलीले आज बिहान ४ बजे राप्ती नदीको किनारै किनार ल्याइँदै गरिएको १ हजार २ सय ५० पोका सुपरपावर,४ सय ८० बण्डल बिडी, खलिल शाही सुर्ती १ सय ९० पोका र गुल मन्जन ४५ पोका बरामद गरेको ह।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका सुर्तीजन्य सामग्रीको मूल्य २ लाख ८६ हजार ३ सय ५० रुपैयाँ बराबर रहेको छ ।
बरामद गरिएको सुर्तीजन्य सामग्रीलाई आजै आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।