थुनुवामा रहेको व्यक्तिलाई संक्रमण,बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुर सिल

२० साउन ,कोहलपुर बाँके।


बाँकेकाे ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ ।

प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिएका छन् ।

साउन १४ गते बाँके को बैजनाथ बाट ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि आफु मातहतका सम्पूर्ण कर्मचारी तथा प्रहरीहरुलाई जनसम्पर्कबाट आउट गरिएको चन्दले बताए ।
कार्यालयभित्रका आन्तरिक गतिविधिहरु संचालन गरीएपनि अन्य कामकारवाहीकालागि जिल्लाबाट प्रहरीको एक टोलीलाई कोहलपुर झिकाइएको चन्दले बताए ।

ईप्रका कोहलपुरमा कार्यरत प्रहरी तथा थुनुवाहरुको स्वा परिक्षण नभएसम्मकालागि कार्यलय भित्र जान र बाहीर आउन पुर्ण रुपमा बन्द गरिएको चन्दले जानकारी दिए ।

प्रतिक्रिया