२० साउन ,कोहलपुर बाँके।
बाँकेमा ३ दिन का लागि लगाइएको निषेधाज्ञा आगामी शनिबार राती १२ बजेसम्म लम्ब्याउने निर्णय गरिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ्गले मंगलबार बसेको जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले निषेधाज्ञा चार दिने लम्ब्याउने निर्णय गरेको जानकारी दिएका छन् ।
यसअघि शनिबार राती १२ बजेबाट सुरु भएको निषेधाज्ञा आज मंगलबार राती १२ बजे सकिंदै थियो । बाँकेमा पछिल्ला दिनमा सरकारी, सेवाग्राही कार्यालयका कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना देखिएपछि नेपालगन्जमा समुदायमा नै कोरोना फैलिएको पाइन्छ ।