२० साउन ,कोहलपुर बाँके।
एसईईको परीक्षाफल सार्वजनिक गर्न राष्ट्रिय परीक्षा बोर्डको तयारी अन्तिम चरणमा पुगेकोछ ।
बोर्डको बैठक बस्ने बित्तिकै भोलि वा पर्सिसम्ममा परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणी पौडेलले जानकारी दिएका छन् ।
परिक्षा नियन्त्रक रामराज खकुरेलका अनुसार बोर्डले कार्यविधिमा उल्लेख भए बमोजिम नम्बर इन्ट्री लगायत सम्पादनका सबै काम सकेको र अब लब्धाङक पत्रलाई अन्तिम रुप दिने जनाएका छन्।
विश्वभर कोरोनाको संक्रमण फैलिएपछि कोरोना रोकथाम तथा नियत्रण उच्चस्तरीय समन्वय समितिको बैठकले माध्यमिक शिक्षा अर्थात एसईईको परीक्षा अन्तिम समयमा आएर गत चैत ५ गते स्थगित गरेको थियो । अचानक परीक्षा स्थगित भएपछि देशभरिबाट परिक्षाका लागि तयारी अवस्थामा रहेका चार लाख ८२ हजार ७ सय ७ जना परीक्षार्थी अन्यौलमा थिए ।
विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर यस वर्षको एसईईको परिक्षाफल सार्वजनिक गरिनेछ ।