स्थायी कमिटीको बैठकमा केपी ओली नजाने, केन्द्रीय कमिटी पनि अस्वीकार

 २० साउन ,कोहलपुर बाँके।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी नहुने भएका छन् ।

आफ्नो अनुपस्थितिमा हुने बैठकले वैधानिकता पनि नपाउने ओलीको तर्क छ । गत असार १० गतेदेखि बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठक एजेन्डामा प्रवेश गर्न सकेको छैन । बैठक स्थगित भएको छैन, तर, अघि बढ्न पनि सकेको छैन । अब अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बहिष्कार गर्ने जनाउ दिएका छन् ।

आफ्नै निवासमा आयोजित बैठकमा समेत सहभागी नहुने अध्यक्ष ओलीको अडानकै कारण स्थायी कमिटीको बैठक कोपभाजनमा परेको छ । आफ्नो अनुपस्थितिमा हुने बैठकलाई मान्यता नै नदिने ओलीको अडान रहेको छ ।

प्रतिक्रिया