रुपन्देहीमा क्वारेन्टिनका सुरक्षा गार्डले शरीरमा मट्टीतेल खन्याएर गरे आत्मदाह

२० साउन ,कोहलपुर बाँके।

रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका  एक  सुरक्षा गार्डले आत्मदाह गरेका छन् ।

देवदह-५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।जलेर गम्भीर घाइते भएका बस्यालको  पाल्पा मिसन अस्ताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी प्रतितसिंह राठौरले जानकारी दिएका छन् ।

आगोले जलेर गम्भीर घाइते भएका बस्याललाई देवदह मेडिकल कलेजमा दुई घण्टा उपचार पश्चात पाल्पा मिसन अस्पताल लैजाने क्रममा बाटोमै स्वास्थ्य अवस्था जटिल देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पुर्‍याएको थियो ।

बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान शुरु भइसकेको डीएसपी राठौरले बताए ।

प्रतिक्रिया