१४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

२० साउन ,कोहलपुर बाँके।

गोरखा जिल्लामा १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् ।

गोरखाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय  गोरखाका प्रमुख प्रहरी उपरीक्षक  सुरेन्द्रबहादुर गुरुङले जानकारी दिएका छन्। 

आफ्नै वडाभित्रकी एक १४ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा अनुसन्धानका लागि वडाध्यक्ष रानाभाटलाई पक्राउ गरिएको  गुरुङले बताए । पीडित बालिकाका आफन्तले दिएको उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको  प्रहरी उपरीक्षक अधिकारीले बताए । पक्राउ परेका रानाभाटविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ ।

पक्राउ परेका वडाध्यक्ष रानाभाटले यसअघि पनि पटकपटक पीडित बालिकालाई बलात्कार गरेको पीडित पक्षले आरोप लगाएका छन । वडाध्यक्ष रानाभाटलाई नियन्त्रणमा लिन पालुङटार क्षेत्रमा साँझ ठूलो सङ्ख्यामा प्रहरी परिचालनसमेत गरिएको थियो । 

प्रतिक्रिया