कोरोना परिक्षण गरेको डेढ घण्टामै नतिजा दिने परीक्षण सुरु गरिदै

१९ साउन ,कोहलपुर बाँके।

रोना परिक्षण को लागि नमुना सङ्कलन गरेको ९० मिनेटमै नतिजा आउने नयाँ ‘जीवन रक्षक’ कोरोनाभाइरस परीक्षण विधि यूकेमा आगामी साताबाट सुरु गरिने भएको छ।

कोभिड-१९ र अन्य मौसमी बिरामीबीच छुट्याउन सकिने त्यस्तो स्वाब र डीएनए परीक्षण जाडो याममा निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन्।

हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्न सक्छ। सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ । यो वर्ष थप लाखौँ त्यस्ता किट बनाइने बताइएको छ।

स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले कोरोनाभाइरस परीक्षणसम्बन्धी यो नयाँ विकसित प्रविधि जीवन रक्षक हुने  बताएका छन्। 

कोरोना भाइरसको नयाँ तीव्र परीक्षणले ९० मिनेट भन्दा कम समयमा यथास्थानमै नतिजा दिएर कोरोनाभाइरसको लहर रोक्न मद्दत गर्ने समेत ह्यान्ककले बताएका छन्।  

प्रतिक्रिया