बाँके मा देखियो वडाध्यक्ष र कर्मचारीलाई कोरोना

१९ साउन ,कोहलपुर बाँके।

नेपालगन्ज वडा नम्बर १ का वडाध्यक्ष र नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत एक जना अधिकृतलाई कोरोना पुष्टि भएको छ ।

वडाध्यक्षलाई ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्या देखिएको छ भने कर्मचारीमा कुनै लक्षण नरहेको  जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए

हाल दुबैलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ ।

भेरी अस्पताल प्रयोगशालामा गरिएको परिक्षणमा रुकुम पूर्वका ७ जनामा पनि कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया