१९ साउन ,कोहलपुर बाँके।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको वार्ता निष्कर्षबिहीन भएको छ ।
बालुवाटारमा भएको छलफलमा अध्यक्षद्धयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी भएका थिए ।
प्रधानमन्त्रीसमेत रहेका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार छैनन्। सचिवालय बैठक बसेर दुई नेताबीच सहमति गर्नुपर्ने उनको प्रस्ताव छ ।तर प्रचण्डले भने जारी स्थायी कमिटी बैठक रोकेर सचिवालयबाट निकास खोज्न नसकिने बताएका छन् । कुराकानी सकारात्मक नै छ तर कुनै सहमति भने भएको छैन ।
मंगलबार साँझ ५ बजे फेरि बैठक बस्ने सहमति भएको छ ।