भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण

१ ८ साउन ,कोहलपुर बाँके।

छिमेकी राष्ट्र भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

उक्त जानकारी शाहले आफ्नो ट्वीट मार्फत आफुलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन्।उनले आफू अस्पतालमा भर्ना भएको पनि बताएका छन्।

शाहले ट्वीटमा आफूसँग केही दिनयता सम्पर्कमा रहेका सबै मानिसलाई आइसोलेट गर्न र कोरोना परीक्षण गराउन पनि आग्रह गरेका छन्।

प्रतिक्रिया