नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कोरोनाबाट बचाउन पठाए सन्देश सहित घर- घरमा माक्स

१८ साउन ,कोहलपुर बाँके।

नेपाली कांग्रेसका युवा नेता एवम् प्रतिनिधि सभाका सांसद गगनकुमार थापाले कोभिड -१९ सम्बन्धि सन्देशसहित मास्क घरघर पठाएर कोरोनाबाट बच्न अपील गरेका छन् ।

सांसद थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं. ४ का जनतालाई कोरोनाबाट बच्ने उपायको पर्चासहित केही मास्क घरघर पठाएका छन् ।

कोरोनाबाट बच्न सरसफाइ, बेलाबेला साबुन पानीले हातधुने, मास्क लगाउने, धेरै भिड हुने स्थानमा नजाने लगायतका सूचना मुलक पर्चा क्षेत्र नं. ४ का सबै घरहरूमा पुर्याउन शुरु गरेका छन्।

कोरोनाबाट आफ्नो क्षेत्रका जनतालाई सचेत गराएर महामारीबाट बचानका लागि थापाले प्रयासहरू गरिरहेका छन् ।

थापाको यो अभियानबाट आत्तिएका कम्युनिस्टहरूलाई भने टाउको दुःखाइ भएको छ । लकडाउनका बेला समस्यामा परेकाहरूलाई सो क्षेत्रमा थापाले यसअघि पनि राहत विरतण गरेका थिए ।

कांग्रेसका सांसद थापा पछिल्लो समय आफ्नो क्षेत्रमा केन्द्रित रहेर कोरोनाबाट कसरी बच्न सकिन्छ भनेर सर्वसाधारणलाई अनुरोध गर्दै आएका छन् ।

प्रतिक्रिया