बालुवाटारमा प्रधानमन्त्री, प्रचण्ड र झलनाथबीच झन्डै तीन घन्टा कुराकानी

१८ साउन, कोहलपुरबाँके।

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री पी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालसहितका ४ नेताको छलफल सकिएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको कुराकानीमा  प्रधानमन्त्री ओली र प्रचण्डसहित बरिष्ठ नेता झलनाथ खनाल र स्थायी समिति सदस्य सुवास नेम्वाङ सहभागी थिए।

झण्डै ३ घण्टा भएको छलफलमा दुबै अध्यक्षले आफ्ना अडानहरू कायमै राखेका थिए।

आजको कुराकानीमा दुबै अध्यक्ष छलफललाई निरन्तरता दिने सहमत भएको स्रोतले जनाएको छ।

प्रतिक्रिया