
१६ साउन ,कोहलपुर बाँके।
बाँकेको बैजनाथ गाउँपालिकाबाट प्रहरीले १ ग्राम ६६५ ग्राम ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार, बुधबार राती ९ बजेतिर इप्रका बनकटुवाबाट गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचका क्रममा दुई जनालाई ब्राउन सुगर सहित फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले बैजनाथ गाँउपालिका वडा नं ३ बैरहवा बस्ने आशिष थारु र राहुल गुप्तालाई ब्राउन सुगर सहित फेला पारी नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिएका छन् ।