१५ साउन ,कोहलपुर बाँके।
नेपालगन्जमा थप २७ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा नेपालगन्जका २७ जनामा कोरोना पुष्टि भएको हो । रेन्डम स्वाब संकलन गरी परीक्षण गरिएकोमा कोरोना देखिन थालेको छ ।
आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ कर्मचारी कोरोना संक्रमित रहेको पुष्टि भएको छ ।