पूर्वरथी खड्काको निधन

१४ साउन ,कोहलपुर बाँके।

 नेपाली सेनाका पूर्वरथी कुलबहादुर खड्काको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा  ६९ वर्षको उमेरमा निधन भएको छ ।

खड्कालाई तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०६६ सालमा प्रधानसेनापति रुक्मांगत कट्वाललाई बर्खास्त गर्दै निमित्त प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए ।

तर तत्कालीन राष्ट्रपति रामवरण यादवले अस्वीकार गर्दै त्यही रात कट्वाललाई नै प्रधानसेनापतिको जिम्मेवारी दिएका थिए । सोही काण्डमा प्रचण्डले प्रधानमन्त्री पदबाटै राजीनामा दिनु परेको थियो ।

खड्काले ३९ वर्षसम्म नेपाली सेनाका विभिन्न पदमा रहेर काम गरे । खड्काको मंगलबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया