
१३ साउन ,कोहलपुर बाँके। नेपाल प्रहरीको हेडक्वार्टरमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका छन्। हेडक्वार्टरमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका छन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत छन् ।उहाँहरु सबै लाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको शाहीले जानकारी दिए ।